प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेसका सांसदसँग छलफल
10 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत १८ गते । प्रधानमन्त्री बालेन्द्र शाह ले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव संकलन गरिएको जनाइएको छ।
छलफलमा सहभागी सांसद मनिष झाले स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिंचाइ र कृषि लगायतका क्षेत्रमा तत्काल तथा दीर्घकालीन रुपमा गर्नुपर्ने योजनाबारे प्रधानमन्त्रीसँग विस्तृत कुराकानी भएको जानकारी दिए। यसअघि प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गरिसकेका छन्।
कमेन्ट गर्नुहोस्
view comments