जेनजी आन्दोलन प्रकरण : काठमाडौंका सिडिओ छवि रिजाल पक्राउ
4 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र १७ गते । जेनजी आन्दोलनका क्रममा बल प्रयोग गरेको आरोपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल पक्राउ परेका छन् ।
प्रहरीले उनलाई मंगलबार बिहान काठमाडौंको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ। आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरिएको भन्दै उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
यसअघि नै सोही प्रकरणमा सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पनि पक्राउ गरिसकेको छ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा उच्च पदस्थ अधिकारीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा हलचल बढेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments