१४ वर्षीया छात्राद्वारा २३४ भाषामा ‘हनुमान चालीसा’ अनुवाद, विश्वभर चर्चा
14 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत्र १५ गते । बिहारको मोतिहारीकी १४ वर्षीया छात्रा Aradhya Singh ले अद्भुत प्रतिभा देखाउँदै ‘हनुमान चालीसा’लाई २३४ भाषामा अनुवाद गरेर चर्चा कमाएकी छन्। कक्षा ९ मा अध्ययनरत आराध्याले केवल ६ महिनामा प्रविधिको सहयोगमा यो कार्य सम्पन्न गरेकी हुन्। उनले मैथिली, संस्कृतसँगै कोरियन, जापानी, स्पेनिस, ग्रीकजस्ता विदेशी भाषामा समेत अनुवाद गरेकी छन्। उनको यस योगदानको कदर गर्दै भारतका पूर्व केन्द्रीय मन्त्री Anurag Thakur ले सम्मानित गरेका छन्।
आराध्याले आधुनिक प्रविधि—जस्तै गुगल ट्रान्सलेटर—को प्रयोग गर्दै सनातन धर्मको सन्देश विश्वभरका युवामाझ पुर्याउने उद्देश्यले यो काम सुरु गरेकी बताएकी छन्। उनका अनुसार सामाजिक सञ्जालमा व्यस्त युवापुस्तालाई आध्यात्मिकतासँग जोड्ने लक्ष्यका साथ उनले अनुवाद अभियान थालेकी हुन्। पटना स्थित सेन्ट क्यारेन्स स्कूलमा अध्ययनरत आराध्याको यस पहललाई परिवारले समेत सहयोग गरेको छ। उनकी आमा रानी देवीका अनुसार यो केवल अनुवाद नभई धर्म र संस्कृतिको संरक्षणतर्फ महत्वपूर्ण कदम हो।
कमेन्ट गर्नुहोस्
view comments