पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ : भदौ २४ को घटनामा आगजनी र स्काउट जग्गा हिनामिनाको आरोप
16 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र १५ गते । पूर्व ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो। सीआईबी प्रमुख एआईजी मनोज केसीले संक्षिप्त कुरा गर्दै खड्का पक्राउ परेको पुष्टि गरेका छन्।
भदौ २४ गते उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौं विदेशी मुद्रा फेला परेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments