पूर्वगृहमन्त्री रमेश लेखक अदालतमा उपस्थित : ओलीलाई पनि त्रिवि शिक्षण अस्पतालबाट अदालत लैजाने तयारी

16 घन्टा पहिले प्रकाशित

काठमाडौं ,चैत्र १५ गते । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रहरीले लेखकलाई अदालतमा पेस गरेको हो। अहिलेसम्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अदालतमा लगिएको छैन। दुबैको म्याद थपबारेको सुनुवाइ न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा हुने बताइएको छ। तर, लेखकलाई मात्रै इजलासमा पेस भएपछि न्यायाधीशले अर्का आरोपित ओलीलाई पनि अदालतमा उपस्थित गराउन निर्देशन दिएका छन्।

अहिले उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई प्रहरीले त्यहीबाट अदालत लैजाने तयारी गरेको छ। ओली र लेखक भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकारीलाई दमन गरेको आरोपमा फौजदारी कसुरमा पक्राउ परेका हुन्। सो घटनाबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकलाई १० वर्षसम्मको कैदको सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?