बालेन शाहको पहिलो मन्त्रिपरिषद् बैठक : शासकीय सुधारका लागि १०० कार्य स्वीकृत, जेनजी आयोग प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
9 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र १३ गते । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय गरेको हो।
आजको बैठकले योसहित ४ वटा निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। यी हुन् सरकारले गरेका ४ निर्णय :
१. शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने २. सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने ३. शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत ४. जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने
बैठकपछि प्रवक्ता पोखरेलले यी निर्णयहरूबारे जानकारी गराएका छन्। नयाँ सरकारले शासकीय सुधार र जेनजी आन्दोलनका शहीदहरूप्रति सम्मान गर्दै तत्काल कार्यान्वयनमा जोड दिएको देखिन्छ।
कमेन्ट गर्नुहोस्
view comments