नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण, ज्येष्ठ सदस्य केसीले गराए शपथ

11 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र १२ गते ।  नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्। यसअघि केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

नेपालको संविधानको धारा ९९ र धारा ९१ को उपधारा (५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम सांसदहरूले शपथ लिने व्यवस्था रहेको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा विभिन्न दलहरूले उल्लेख्य सिट प्राप्त गरेका छन्, जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेकपाले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?