बंगलादेशमा बस नदीमा खस्दा २३ जनाको मृत्यु

14 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत्र १२ गते । बंगलादेशमा यात्रुवाहक बस पद्मा नदीमा खसेर भएको दुर्घटनामा २३ जनाको मृत्यु भएको छ भने ११ जना यात्रुले पौडिएर ज्यान जोगाउन सफल भएका छन्। करिब ४० जना यात्रु सवार बस बुधबार साँझ दुर्घटनामा परेको हो। प्रारम्भमा दुई जनाको मात्र मृत्यु भएको खबर आए पनि उद्धार टोलीले करिब ६ घण्टापछि बस बाहिर निकाल्दा थप २१ जनाको शव फेला परेको जनाइएको छ।

राजबाडी जिल्लाको दाउलादिया टर्मिनलमा फेरीमा चढाएर नदी पार गराउने क्रममा चालकले नियन्त्रण गुमाउँदा बस सिधै नदीमा खसेको बताइएको छ। अधिकांश यात्रु इद बिदा मनाएर राजधानी ढाका फर्किँदै गरेका थिए। बंगलादेशमा नदी पार गर्न फेरी प्रणाली अझै व्यापक रूपमा प्रयोग हुने गरेको छ। घटनापछि प्रधानमन्त्री तारिक रहमानले दुर्घटनाको छानबिन गर्न निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?