ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा शपथ, भोलि सांसदलाई शपथ गराउने
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र ११ गते । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका हुन्। नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित केसी अहिले प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य हुन्।
शपथ ग्रहणसँगै केसीले भोलि बिहीबार प्रतिनिधि सभाका २७४ सांसदलाई शपथ गराउने कार्यक्रम तय भएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्। नयाँ सभामुख चयन नभएसम्म संसद् बैठक सञ्चालनको जिम्मेवारी पनि केसीले नै सम्हाल्नेछन्। सभामुख चयन भएपछि उनको यो जिम्मेवारी स्वतः समाप्त हुनेछ।
कमेन्ट गर्नुहोस्
view comments