कोलम्बियामा वायुसेनाको विमान दुर्घटना : ६६ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
13 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत्र १० गते । ल्याटिन अमेरिकी देश कोलम्बियामा वायुसेनाको हरक्युलस C-130 विमान टेकअपका क्रममा रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको दुर्घटनामा ६६ जना मारिएका छन्। घटनामा ५८ जना सैनिक, ६ जना वायुसेनाकर्मी र २ जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् र ४ जना अझै हराइरहेका छन्। दुर्घटना पेरुको सीमासम्मको दक्षिणी अमेजन क्षेत्र, प्युर्टो लेगुइजामोमा भएको हो।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले सैनिक विमान दुर्घटना हुँदा दुःख व्यक्त गर्दै सरकारले सेनालाई बलियो बनाउने र आधुनिक सुविधा उपलब्ध गराउने बताए। दुर्घटनामा विमानको मर्मत हालै गरिएकोले खराब पार्ट्स कारण नभएको जनाइएको छ। हरक्युलस C-130 विश्वकै सबैभन्दा भरोसायोग्य सैन्य विमानमध्ये एक मानिन्छ र यसले सैनिक, हतियार, हेलिकोप्टर र राहत सामग्री पनि एकैपटक लैजान सक्छ।
कमेन्ट गर्नुहोस्
view comments