भ्रष्टाचार रोक्न नसके जनतामाथि ठूलो धोका हुन्छ : महावीर पुन
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र १० गते । पूर्वशिक्षामन्त्री महावीर पुनले नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसके जनतामाथि ठूलो धोका हुने बताएका छन्। म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुनले सामाजिक सञ्जालमार्फत् सरकारलाई सुरुदेखि नै कडा कदम चाल्न आग्रह गरेका हुन्। उनले भ्रष्टाचारीहरूलाई नियमअनुसार कारबाही गर्दै आवश्यक परे तत्काल नयाँ नियमसमेत बनाउनुपर्ने धारणा राखेका छन्।
पुनले भ्रष्टाचारविरुद्ध पहिलो दिनदेखि नै प्रभावकारी अभियान चलाउनुपर्ने बताउँदै तीन महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। उनले भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफूले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। साथै, उनले यदि सरकारले प्रभावकारी काम गर्न नसके सम्बन्धित राजनीतिक शक्ति दीर्घकालीन रूपमा कमजोर हुने चेतावनी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments