बढ्दो पेट्रोलियम खपत नियन्त्रण गर्न सरकारले सवारीमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र १० गते ।  बढ्दो पेट्रोलियम खपत नियन्त्रण गर्न सरकारले सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस विषयमा सरोकारवाला निकायसँग छलफल अघि बढाएको हो। मन्त्रालय स्रोतका अनुसार आन्तरिक तयारी तीव्र बनाइएको छ र चाँडै निर्णय हुन सक्ने संकेत देखिएको छ।

यातायात व्यवस्था विभागले पनि आज यातायात व्यवसायीसँग औपचारिक बैठक राखेर सुझाव संकलन गर्ने तयारी गरेको जनाएको छ। बालेन शाह प्रधानमन्त्री हुनुअघि नै उक्त प्रणाली लागू गर्ने तयारी सरकारको रहेको छ। अमेरिका, इजरायल र इरानबीचको तनावका कारण खाडी क्षेत्रमा बढेको द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ। यसले नेपालजस्ता आयातमुखी देशमा इन्धन अभाव र मूल्यवृद्धिको जोखिम बढाएको छ। सरकारले जोरबिजोर प्रणाली लागू गरी खपत नियन्त्रण गर्ने योजना अघि सारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?