सऊदी अरब र ईरानबीच बढ्दो तनाव : होर्मुज स्ट्रेट र मक्का-मदीना संरक्षणको विवाद फेरि उजागर

14 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत्र ९ गते ।  इजरायल र अमेरिकाको इरानमाथि आक्रमणपछि सऊदी अरब फेरि अन्तर्राष्ट्रिय चर्चामा आएको छ। इरानले जवाफी हमलामा सऊदीस्थित अमेरिकी ठिकानाहरूलाई निशाना बनाएपछि सऊदीले इरानमाथि हमलाको धम्की दिएको छ। सऊदी र इरानबीच सैन्य टकरावको स्थिति नयाँ होइन। दशकौंदेखि दुवै देशबीच तनाव रहिआएको छ। जुलाई १९८७ मा मक्कामा हजको समय इरानी हाजीहरू र सऊदी सुरक्षा बलबीच भएको झडपमा ४०० भन्दा बढीको ज्यान गएको थियो। इरानले सऊदी परिवारलाई मक्का र मदीना को वास्तविक 'संरक्षक' नभएको आरोप लगाउँदै आएको छ। यो विवाद दुवै देशबीचको मनमुटावको प्रमुख कारण बनेको छ।

इन्डिया टुडेको रिपोर्ट अनुसार, १९७९ को इरानी इस्लामी क्रान्तिपछि सऊदीसँग इरानको दुश्मनी बढेको थियो। मक्का र मदीना माथि सऊदीको नियन्त्रणलाई लिएर अविश्वास र मनमुटाव कायम रह्यो। दशकौंदेखि इरानले सऊदीमाथि हजको कुप्रबन्धनको आरोप लगाउँदै आएको छ। सन् १९२४–२५ मा सऊद परिवारले हिजाज (मक्का र मदीना रहेको क्षेत्र) माथि नियन्त्रण गर्नुअघि यो क्षेत्र ओटोमन साम्राज्यको अधीन थियो। स्थानीय स्तरमा हाशमी शरीफहरूको शासन थियो। पहिलो विश्वयुद्धपछि केही समय यो क्षेत्र स्वतन्त्र हाशेमी हिजाज साम्राज्यको भाग बनेको थियो। इब्न सऊदको सत्ता कब्जाको प्रमुख कारण ब्रिटेनको समर्थन थियो। वहाबी धर्मगुरूहरूले उनलाई धार्मिक मान्यता दिए। यसरी १९३२ मा सऊदी अरब राष्ट्रको जन्म भयो। तर मक्का र मदीना सऊद परिवारको कब्जामा १९२४–२५ मै आएको थियो। सऊदी अरब र इरानबीच शिया–सुन्नी विभाजनका साथै क्षेत्रीय प्रभावको लडाइँ कायम छ। अहिले इजरायल र अमेरिकासँग सऊदीको निकटता र इरानविरुद्धको युद्धमा सऊदीको सम्भावित संलग्नताले यो तनावलाई थप उग्र बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?