नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते : बालेन्द्र शाहको नेतृत्वमा रास्वपाको सरकार तयारी

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ६ गते ।  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिट जित्दै बहुमत प्राप्त गरेको छ। निर्वाचनअघि नै पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको छ। संघीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथग्रहण कार्यक्रम राखेको छ। शपथग्रहण लगत्तै चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने टुङ्गो लागेको छ।

राजधानीको रोयल सिंगी होटलमा रास्वपा नेताहरूले सरकार गठनका विषयमा छलफल गरेका छन्। छलफलपछि सांसदको शपथ लिएलगत्तै प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रम निश्चित भएको हो। ‘आउँदो चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण गर्नुहुनेछ,’ रास्वपाका एक शीर्ष नेताले सेतोपाटीलाई बताएका छन्। रास्वपाले बहुमत प्राप्त गरेसँगै नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष बुझाइसकेपछि शपथग्रहणको औपचारिक प्रक्रिया अघि बढ्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?