नवनिर्वाचित सांसदको शपथ चैत १३ गतेभित्र : संघीय संसद् सचिवालयको तयारी
16 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र ४ गते । संघीय संसद् सचिवालयले यही चैत १३ गतेभित्र नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको छ। निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि केही दिनभित्रै शपथग्रहण कार्यक्रम आयोजना गरिने सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले शपथग्रहण गर्नुअघि नवनिर्वाचितमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले पहिले शपथ लिनुपर्ने व्यवस्था छ। ज्येष्ठ सदस्यले शपथग्रहण गरेपछि मात्र अन्य सदस्यहरूको शपथग्रहण हुने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। नेपालको संविधान २०७२ को धारा ९१ (५) ले प्रतिनिधिसभाको सभामुख र उपसभामुख पद रिक्त रहेको अवस्थामा उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments