कुवेतस्थित नेपालीलाई साउदी हुँदै नेपाल फर्किन दूतावासको आग्रह

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र २ गते ।  नेपाली दूतावास कुवेत ले कुवेतमा रहेका र नेपाल फर्किन चाहने नेपालीलाई साउदी अरब हुँदै स्वदेश फर्किन अनुरोध गरेको छ। मध्यपूर्वमा विकसित भइरहेको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै साउदीको विमानस्थल प्रयोग गरेर नेपाल जान चाहने नेपालीले ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सक्ने दूतावासले जनाएको छ।

दूतावासका अनुसार भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी त्यहाँको विमानस्थल हुँदै नेपाल फर्किन सकिनेछ। यसैबीच नेपाल सरकार ले द्वन्द्वग्रस्त मध्यपूर्व क्षेत्रमा अलपत्र परेका नेपालीहरूलाई सम्बन्धित देशमा रहेका दूतावासमार्फत उद्धार गर्ने निर्णय गरेको छ। साथै अबुधाबी स्थित नेपाली दूतावास यूएई ले यूएईमा रहेका नेपालीलाई युद्धसम्बन्धी दृश्य खिच्ने तथा सार्वजनिक नगर्न पनि अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?