नवनिर्वाचित सांसदलाई रास्वपाको दुई दिने प्रशिक्षण

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र २ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई संसदीय कार्यसम्बन्धी प्रशिक्षण दिने भएको छ। यसका लागि पार्टीले चैत ३ र ४ गते काठमाडौँमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। प्रशिक्षणमा सांसदहरूलाई संसदीय प्रक्रिया, जिम्मेवारी र पार्टीका नीतिबारे जानकारी गराइने जनाइएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिकाबारे स्पष्ट पार्न कार्यक्रम तय गरिएको हो। पार्टीले सबै सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेसम्म काठमाडौँ उपत्यकाको तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिएको छ। संसदमा पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउन तथा जनसरोकारका मुद्दाहरू उठाउने तरिकाबारे विज्ञहरूबाट प्रशिक्षण दिने योजना रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?