जेन्जी मुभमेन्ट नेपालको माग : जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, दोषीलाई कारबाही गर
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र १ गते । जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। शनिबार जारी विज्ञप्तिमा सङ्गठनले आन्दोलनका क्रममा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने जोड दिएको छ। प्रतिवेदन सार्वजनिक नगरेसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने सङ्गठनको ठहर छ।
सङ्गठनले पारदर्शिता र उत्तरदायित्वको माग गर्दै प्रतिवेदन गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य भएको बताएको छ। सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोजिनु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने सङ्गठनको भनाइ छ। जेन्जी मुभमेन्ट नेपालले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि मात्र नयाँ सरकार गठन गर्नुपर्ने स्पष्ट धारणा राखेको छ। आज माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन आयोजना गर्ने र देशभर एकैसाथ विरोध प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई अपिल गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments