सिराहा–१ मा बब्लु गुप्ता फराकिलो मतान्तरले विजयी
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन २४ गते । प्रतिनिधिसभा निर्वाचनमा सिराहा क्षेत्र नम्बर १ बाट बब्लु गुप्ता विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गुप्ताले ठूलो मतान्तरले जीत हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रामसुन्दर चौधरीले ९ हजार ७८४ मत मात्र प्राप्त गरेका छन्। यसरी गुप्ता करिब ३१ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन्।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार रामाशंकर यादवले ७ हजार ८८४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामचन्द्र यादवले २ हजार ८५३ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिराहा–१ मा रास्वपाका गुप्ताले स्पष्ट बहुमतसहित विजय हासिल गरेका हुन्।
कमेन्ट गर्नुहोस्
view comments