सप्तरी–३ मा अमरकान्त चौधरी विजयी, उपेन्द्र यादव पराजित

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन २४ गते । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा अमरकान्त चौधरी विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चौधरीले ३२ हजार ८७५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। यससँगै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको संसद् यात्रामा ब्रेक लागेको छ।

निर्वाचन परिणामअनुसार उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे। तेस्रो स्थानमा दिनेश कुमार यादवले ८ हजार ४२८ मत प्राप्त गरे। त्यसैगरी नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत र जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले २ हजार ६८९ मत प्राप्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?