सर्लाही–४ बाट रास्वपाका डा. अमरेशकुमार सिंह विजयी, कांग्रेस सभापति गगन थापाले बधाई तथा शुभकामना दिए

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन २४ गते । सर्लाही क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले ३५ हजार ६८८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए। फागुन २४ गते मतगणना सम्पन्न भएसँगै सिंहको जित पुष्टि भएको हो।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस सभापति थापाले विजयी उम्मेदवार डा. सिंहलाई बधाई तथा शुभकामना दिएका छन्। थापाले आफूलाई माया, विश्वास र मत दिने सर्लाही–४ का सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै क्षेत्रका समस्याहरूको सम्बोधन गर्न आफ्नो क्षमताभित्रबाट निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाएका छन्। यस क्षेत्रमा रास्वपाको यो जितले नयाँ राजनीतिक शक्तिको प्रभावलाई थप स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?