अमेरिका–इजरायलको संयुक्त हमलामा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु, साउदी क्राउन प्रिन्स एमबीएसले ट्रम्पलाई दबाब दिएको खुलासा
14 घन्टा पहिले प्रकाशित
एजेन्सी, फाल्गुन १७ गते । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई अमेरिका र इजरायलको संयुक्त सैन्य हमलामा मारिएका छन्। इरानी राज्य मिडियाले शनिबारको हमलामा उनको मृत्यु भएको पुष्टि गरेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा 'खामेनेई इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक मरेका छन्' भन्दै घोषणा गरेका थिए। 'अपरेशन एपिक फ्यूरी' नाम दिइएको यो हमला इरानको नेतृत्व, सैन्य ठिकाना र आणविक कार्यक्रमलाई लक्षित गरी गरिएको थियो जसको उद्देश्य शासन परिवर्तन रहेको ट्रम्प प्रशासनले जनाएको छ। इरानले यसको जवाफमा इजरायल तथा अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल तथा ड्रोन हमला गरेको छ।
वाशिंगटन पोस्टको रिपोर्टअनुसार ट्रम्पले हमलाको निर्णय लिनुमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका साथै साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान (एमबीएस) को प्रमुख भूमिका थियो। रिपोर्टका अनुसार एमबीएसले विगत एक महिनामा ट्रम्पलाई पटक–पटक फोन गरी इरानमाथि सैन्य कारबाही गर्न दबाब दिएका थिए। सार्वजनिक रूपमा शान्ति तथा कूटनीतिक समाधानको पक्षमा देखिए पनि पर्दा पछाडि उनले अमेरिकालाई इरानलाई सैन्य शक्तिबाट मात्र रोक्न सकिने भन्दै आश्वासन दिएका थिए। अमेरिकी खुफिया एजेन्सीहरूले इरानबाट तत्काल खतरा नरहेको आकलन गरे पनि सहयोगीहरूको दबाबमा ट्रम्पले हमला गरेका थिए। इरानले ४० दिनको शोक घोषणा गरेको छ भने क्षेत्रीय अस्थिरताको जोखिम बढेको छ।
कमेन्ट गर्नुहोस्
view comments