मन्त्रिपरिषद् बैठक आज बस्दै, महत्वपूर्ण नियुक्तिको सम्भावना

16 घन्टा पहिले प्रकाशित

काठमाडौं, फाल्गुन १२ गते ।  मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १२ः४५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने जनाइएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्ने बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत नियमित प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिइने प्रधानमन्त्री सचिवालयले जनाएको छ। साथै, आजको बैठकबाट केही महत्वपूर्ण नियुक्तिसम्बन्धी निर्णय समेत हुन सक्ने संकेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?