निर्वाचन सुरक्षाका लागि भारतबाट सशस्त्र प्रहरीलाई टियर ग्याँस र सवारी सहयोग
17 घन्टा पहिले प्रकाशित
काठमाडौं, फाल्गुन १० गते । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल लाई भारत सरकार ले अनुदानस्वरूप टियर ग्याँस सेल उपलब्ध गराएको छ। फागुन २१ गते हुने निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै भारतबाट १० हजार थान टियर ग्याँस सेल प्राप्त भएको सशस्त्रका एक उच्च अधिकृतले जानकारी दिएका छन्।
त्यसैगरी निर्वाचन व्यवस्थापन तथा सुरक्षा सुदृढीकरणका लागि भारतले नेपाललाई ५३८ वटा सवारी साधन समेत सहयोगस्वरूप हस्तान्तरण गरेको छ। गृह मन्त्रालय नेपाल मार्फत प्राप्त ती बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअपमध्ये ९३ वटा गाडी सशस्त्र प्रहरी बललाई प्रदान गरिएको छ भने हालसम्म ४४ जिल्लामा सवारी पठाइसकिएको र थप १० जिल्लामा नयाँ गाडी वितरण गरिएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments