महोत्तरी–३ मा डा. मिनाक्षी ठाकुरको घरदैलो अभियान तीव्र, ‘छाता’ छापमा मतदान गर्न अपिल

17 घन्टा पहिले प्रकाशित

धिरेश दत्त

जनकपुरधाम, फाल्गुन १० गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार डा.मिनाक्षी ठाकुरले शनिबार महोत्तरीको बयहडा,बथनाहा,चकवा र हलखोरीको वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।

घरदैलो कार्यक्रममा डा.ठाकुरले “छाता” छापमा मतदान गरी भारी मतले विजयी बनाउन आग्रह गर्नुभयो। उहाँले, “छाता छापमा मतदान गरी, जनताको आवाज र पहिचानलाई मजबूत बनाउन आग्रह गर्नुभयो । उहाँले “ म सदैव यहाँहरुको अधिकार, पहिचान र समृद्धिकालागी काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।” हामी सबैको साझा प्रयासले मात्र महोत्तरीा–३ को विकास सुनिश्चित हुने बताउनुभयो ।

उम्मेदवार ठाकुरले स्थानीय विकास, शिक्षा, स्वास्थ्य र रोजगार सृजनाका मुद्दाहरुलाई प्राथमिकतामा राखि आफ्नो योजनाहरुको जानकारी मतदाताहरुलाई गराउनुभयो । उहाँका अनुसार जनताकोे आवश्यकता र आकांक्षालाई केंद्रमा राखि सबै वडामा समान रूपले विकासका कामहरुलाई अघि बढ़ाउने बताउनुभयो।

कार्यक्रमा मतदाताहरु तथा जसपा नेपालप्रति आस्था राख्ने सहभागीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?