निर्वाचन आचारसंहिता र मिडियाबारे राजविराजमा अन्तरक्रिया, एआइ दुरुपयोगप्रति चिन्ता

16 घन्टा पहिले प्रकाशित

काठमाडौं, फाल्गुन ८ गते । प्रेस काउन्सिल नेपालले राजविराजमा निर्वाचन आचारसंहिता तथा मिडियाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ मूल नारासहित आयोजित कार्यक्रममा सरोकारवालाहरूले सामाजिक सञ्जालमा एआइ प्रविधिको दुरुपयोग बढ्दै जाँदा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढिरहेको चिन्ता व्यक्त गरेका छन्। सहभागीहरूले मिडियाभन्दा बाहिरबाट उत्पादन गरिएका भ्रामक सामग्री सामाजिक सञ्जालमार्फत फैलिने क्रम बढेकाले त्यसको प्रभावकारी नियमन आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका महासचिव एवं काउन्सिल सदस्य रामप्रसाद दाहालले एआइको सदुपयोग गर्न आग्रह गर्दै निर्वाचन आचारसंहिताभित्र रहेर जिम्मेवार पत्रकारिता गर्न सञ्चारकर्मीलाई आह्वान गर्नुभयो। कार्यक्रममा काउन्सिलका प्रतिनिधि प्रकाश शर्मा, महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, मुख्य निर्वाचन अधिकृत किशोर घिमिरे, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतले निष्पक्ष, सन्तुलित र मर्यादित समाचार सम्प्रेषणमार्फत स्वस्थ निर्वाचन वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?