एमाले नेता रामवीर मानन्धरसहित दर्जनौँ नेता कांग्रेस प्रवेश

16 घन्टा पहिले प्रकाशित

काठमाडौं, फाल्गुन ८ गते ।  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित प्रतिज्ञापत्रसम्बन्धी प्रश्नोत्तर कार्यक्रमपछि आयोजित विशेष कार्यक्रममा गगन कुमार थापाको उपस्थितिमा उनलाई पार्टीमा स्वागत गरिएको हो। २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित मानन्धरले यसअघि २०४९ सालमा काठमाडौं महानगरपालिका वडा नम्बर–१६ का वडा अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका मानन्धरको कांग्रेस प्रवेशलाई राजनीतिक रूपमा अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।

यसै अवसरमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दीपक केसीसहित एमाले रसुवाका जिल्ला कमिटी अध्यक्ष जनार्दन ढकाल लगायत ७८ जना नेता तथा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन्। पछिल्लो समय विभिन्न दलका नेताहरू कांग्रेसमा समाहित भइरहेका बेला यस प्रवेशले चुनावी समीकरणमा नयाँ प्रभाव पार्ने राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?