‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ : नेपाली कांग्रेसले आज खुला प्रश्नोत्तर गर्दै

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ७ गते ।  नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रबारे खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्ने भएको छ। हिजो जनकपुरधाममा सार्वजनिक गरिएको प्रतिज्ञापत्रको विस्तृत जानकारी दिन पार्टी सभापति गगन कुमार थापाले आज ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ कार्यक्रममार्फत प्रत्यक्ष संवाद गर्न लाग्नुभएको हो। दिउँसो १ बजेदेखि काठमाडौँस्थित राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा देश तथा विदेशबाट आएका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कांग्रेसले जनाएको छ।

कांग्रेसले चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ नाम दिँदै युवाका लागि स्वदेशमै रोजगारी सिर्जना, विदेशमा रहेका नेपालीको ज्ञान–सीप र पुँजीलाई विकाससँग जोड्ने, कृषि क्षेत्रमा सिँचाइ र मलको समस्या समाधान गर्ने तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा ब्राण्ड बनाउने प्रतिबद्धता जनाएको छ। साथै स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्दै आधुनिक स्वास्थ्य बीमा प्रणाली लागू गर्ने, शिक्षालाई प्रविधिमैत्री बनाउने, सुशासन प्रवर्द्धन गर्दै डिजिटल नेपाल अवधारणालाई अघि बढाउने र परराष्ट्र सम्बन्धलाई समानता तथा आपसी सम्मानमा आधारित बनाउने वाचा पनि प्रतिज्ञापत्रमा समेटिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?