जसपालाई 'बाइ-बाइ' गर्दै मनिष मिश्रको कांग्रेस यात्रा: गगन थापाको हातबाट शनिबार 'हात' थाम्ने तयारी

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन १ गते । जनता समाजवादी नेपाल (जसपा) का केन्द्रीय समन्वय समिति सदस्य मनिष मिश्रले पार्टीको साथ छाडेर नेपाली कांग्रेसको 'रुख' ओत लाग्ने निर्णय गरेका छन्। लोसपाका पूर्व महासचिव समेत रहेका मिश्रले शुक्रबार पार्टी परित्याग गर्दै शनिबार ठूलो दलबलसहित कांग्रेस प्रवेश गर्ने घोषणा गरेका हुन्। उनले कांग्रेस सभापति गगन थापासँगको सल्लाह बमोजिम नै यो कदम चालेको बताएका छन्, जसले सर्लाहीको राजनीतिमा नयाँ मोड ल्याइदिएको छ।
 
सर्लाही-४ मा चुनावी मैदानमा रहेका गगन थापाकै निर्वाचन क्षेत्रमा शनिबार एक भव्य कार्यक्रम गरी मिश्रलाई कांग्रेसमा भित्र्याइने भएको छ। निर्वाचनको सरगर्मी बढिरहेका बेला प्रभावशाली नेताको यो 'पार्टी परिवर्तन' ले विपक्षी खेमामा हलचल मच्चाएको छ। गगन थापा आफैं क्षेत्रमा खटिएका बेला मिश्रको प्रवेशले कांग्रेसलाई थप ऊर्जा मिल्ने र चुनावी नतिजामा रोचक प्रभाव पार्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?