निषेधाज्ञाबीच पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरू विमानस्थल जाने तयारी

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन १ गते ।  निषेधाज्ञा जारी गरिएकाे अवस्थामा पनि राजावादी समूहहरू शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने तयारीमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा राजावादी अभियानमा संलग्न व्यक्तिहरू मध्याह्न विमानस्थल क्षेत्रमा भेला हुने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्ता कार्यक्रमका लागि कसैले पनि प्रशासनसँग पूर्वस्वीकृति नलिएको स्पष्ट पारेका छन्। यद्यपि, राप्रपाका नेताहरूले पार्टीको ब्यानर र झन्डा प्रयोग नगरी पूर्वराजालाई स्वागत गर्ने योजना रहेको बताएका छन्। स्वागतका लागि मध्याह्न १२ बजे भेला हुने कार्यक्रम तय गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?