चुनावी अभियानमा बालेन शाह : बारा र पर्सा भ्रमणमा
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चुनावी अभियानअन्तर्गत बुधबार बारा र पर्सा जिल्लाका विभिन्न क्षेत्रको भ्रमणमा छन्। मंगलबारदेखि मधेस प्रदेशका जिल्लाहरूको भ्रमणमा रहेका शाह आज बाराको निजगढबाट कार्यक्रम सुरु गरेका हुन्।
रास्वपाका बारा जिल्ला अध्यक्ष चन्दन सर्राफका अनुसार शाह निजगढबाट पिलुवा हुँदै हुलाकी सडकखण्ड प्रयोग गरी सदरमुकाम कलैया पुग्ने कार्यक्रम छ। उनी कलैया, वीरगञ्ज र जितपुर हुँदै दिउँसो ३ बजेपछि सिमरा विमानस्थलबाट काठमाडौँ फर्कने तालिका रहेको बताइएको छ। भ्रमणका क्रममा औपचारिक सभा वा कार्यक्रम नरहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments