धनुषा–३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजीव झा रास्वपाका मनिष झालाई समर्थन गर्दै पार्टी प्रवेश गर्दै

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, माघ २८ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवार राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झालाई समर्थन गर्दै पार्टी प्रवेश गर्न लागेका छन्। राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्षसमेत रहेका झाले लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय रहँदै आएका आफूले अहिले मधेसी प्रधानमन्त्री बन्ने अवसर आएकोले सक्दो सहयोग गर्न यो निर्णय गरेको बताएका छन्।

उनले देश परिवर्तनको दिशामा अघि बढिसकेको रास्वपालाई साथ दिने निर्णय गरेको स्पष्ट पार्दै आफू त्यसको बाधक बन्न नचाहेको बताए। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा–३ मा कुल ४५ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमा नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, नेकपा एमालेबाट जुली कुमारी महतो, रास्वपाबाट मनिष झा, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट परमेश्वर साहलगायत प्रमुख उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। राजीव झाको यो निर्णयले क्षेत्रको राजनीतिक समीकरणमा प्रभाव पार्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?