महोत्तरी क्षेत्र नम्बर ३ मा अगुवा नेता तथा कार्यकर्ता भेला भव्य रुपले सम्मपन्न

17 घन्टा पहिले प्रकाशित

धिरेश दत्त
जनकपुरधाम, माघ २५ गते आईतबार।
एकडारा गाृँपालिका निर्वाचन क्षेत्र नम्बर ३ भटौलियामा अगुवा नेता तथा कार्यकर्ता भेला भव्य रुपले सम्मपन्न भएको छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि महोत्तरीको एकडारा गाृँपालिका निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धाका लागी जसपा नेपालले शनिवार निर्वाचन परिचाल समिति भव्य रुपले सम्पन्न गरेको छ ।एकडारा गाृँपालिका निर्वाचन क्षेत्र नम्बर ३ मा डाक्टर मिनाक्षी ठाकुरलाई जसपा नेपालको तर्फबाट उम्मेदवार बनाईएको छ । जसले गर्दा चुनावी प्रतिस्पर्धा निकै रोमाञ्चक हुने भएको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी ४१ जना उम्मेदवार क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रेपछि प्रतिस्पर्धा रोमाञ्चक मोडमा पुगेको छ ।

उम्मेदवारहरू शिक्षा, स्वास्थ्य, कृषि, सडक, पुलपुलेसा र रोजगार जस्ता आधारभूत आवश्यकताकै एजेन्डा बोकेर मतदाता रिझाउन ढोका ढोकामा पुग्न थालेका छन् । तर मतदाता भने पुराना एजेन्डा लिएर आउनेलाई मतदान गर्ने मुडमा देखिँदैनन् ।
कुल ५९ हजार ९५० पुरुष तथा ५० हजार ८८६ महिला गरी एक लाख १० हजार ४३६ मतदाता रहेको यस क्षेत्रमा ४१ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा नेकपा (एमाले) जनमत, राप्रपा, आम जनता जस्ता अन्य पार्टीबाट केही नयाँ उम्मेदवारले उम्मेदवारी दिईएको भएपनि डा. मिनाक्षी ठाकुरप्रति जनताको पूरा आशा र भरोसा रहेकोले डा. ठाकुरको जित सुनिश्चित रहेको स्थानी धिरज कर्णले बताए ।पुराना नेताहरुले केहि गर्न नसकेको गुसनासो सुनाउँदै यस क्षेत्रमा जे जति विकास भएको हो त्यो डा. ठाकुर कै बुवा महन्थ ठाकुरकै देन हो भनी बताए । चाहे सडकहोस् अथवा पुल पुलेश वा पाटी वौवा समग्रमा ठाकुरजी कै देन भएकोले यस क्षेत्रबाट उहाँकी छोरी डा. मिनाक्षी ठाकुरले नयाँ सोंचका साथ जोस जाँगर र देश मा केहि गर्ने भनी राजनितिमा उत्रिनु भएकोले हामीहरुको पनि कर्तव्य हुन्छ उहाँलाई भारी मतले जिताउने ।

तसर्थ यहाँका जनताहरुलाई एक मात्र बिकल्प भनेको डा. ठाकुरलाई भारी मतले जिताई आफ्नो क्षेत्रको अझ बढी बिकास गर्ने हो स्थानी दिलीप यादबले बताए । कार्यक्रममा लोसपा नेपाल मधेस प्रदेशका शिक्षा तथा संस्कृती मन्त्री रानी शर्मा तिबारी लोसपा नेपालका प्रत्यासी उम्मेदवार डा.मिनाक्षी ठाकुर लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रेहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?