लिबियाका पूर्व नेता गद्दाफीका छोरा सैफ अल–इस्लामको गोली हानी हत्या

17 घन्टा पहिले प्रकाशित

एजेन्सी, माघ २१ गते । लिबियाका पूर्व नेता कर्नेल मुअम्मर गद्दाफीका छोरा सैफ अल–इस्लामको गोली हानी हत्या गरिएको छ। ५३ वर्षीय सैफको हत्या भएको पुष्टि उनका राजनीतिक प्रमुखले गरेका लिबियन न्यूज एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गद्दाफीको सम्भावित उत्तराधिकारीका रूपमा हेरिँदै आएका सैफको गृहनगर जिन्तानस्थित निवासमै ‘चार जना कमान्डो’ को युनिटले गोली हानेर हत्या गरेको आशंका गरिएको छ।

सैफ अल–इस्लामका राजनीतिक पक्षधरहरूले घटनाको गम्भीर अनुसन्धान गर्न लिबियाको न्यायपालिका र अन्तर्राष्ट्रिय समुदायसँग माग गरेका छन्। मुअम्मर गद्दाफीले सन् १९६९ देखि सन् २०११ सम्म लिबियामा शासन गरेका थिए र विद्रोहपछि सन् २०११ मै मारिएका थिए। सैफले सन् २०२१ मा राष्ट्रपतीय चुनाव लड्ने प्रयास गरेका थिए, तर विभिन्न विवादका कारण चुनावी प्रक्रिया नै रोकिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?