जनमत पार्टीका केन्द्रीय पदाधिकारीसहित चार नेताको सामूहिक राजीनामा
17 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, माघ २१ गते । सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यसहित चार नेताले पार्टी परित्याग गरेका छन्। पार्टीबाट राजीनामा दिनेहरूमा केन्द्रीय कार्यकारिणी सदस्य रानीकुमारी पासवान, केन्द्रीय सदस्यहरू रामेश्वर यादव र जागेश्वर यादव तथा जिल्ला समिति सदस्य हरिकिशोर पासवान रहेका छन्। उनीहरू सबै सिरहा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने मिर्चैयाका बासिन्दा हुन्।
पार्टी अध्यक्ष सीके राउतलाई सामूहिक रूपमा बुझाइएको राजीनामा पत्रमा पार्टीभित्र विचार र सिद्धान्त हराउँदै गएको, जातिवाद हाबी भएको तथा गैरराजनीतिक व्यक्तिहरूको वर्चस्व बढ्दै गएको आरोप लगाइएको छ। यस्ता प्रवृत्तिका कारण पार्टीमा बसिरहन नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनीहरूले जनमत पार्टीबाट अलग भएको जनाएका छन्।

कमेन्ट गर्नुहोस्
view comments