नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक : पहिलो पटक सानेपामा बस्दै

1 दिन पहिले प्रकाशित

काठमाडौं, माघ ८ गते ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बस्न लागेको छ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भएयता आधिकारिकताको विवादका कारण यो कार्यसमितिको बैठक सानेपामा बस्न सकेको थिएन। शुक्रबार पहिलो पटक सानेपामा बैठक बस्ने भएको हो।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको दुईवटा केन्द्रीय समिति बैठक र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर बसेका थिए।

पार्टी प्रवक्ता देवराज चालिसेले भने,
‘सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं, त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ।’

यो बैठकले पार्टीको संगठन सुदृढीकरण, आगामी निर्वाचन रणनीति तथा आन्तरिक एकताका विषयमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ। आधिकारिकताको विवादबीच सानेपामा बैठक बस्नुले पार्टी कार्यालयको प्रयोग र एकताको सन्देश दिने प्रयास भएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?