चर्चित पत्रकार ऋषि धमला आम जनता पार्टीबाट रौतहट–४ बाट चुनाव लड्ने

3 दिन पहिले प्रकाशित

काठमाडौँ, माघ ६ गते । चर्चित पत्रकार ऋषि धमला आम जनता पार्टीबाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। उनी प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्न लागेका हुन्।

उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् यो जानकारी सार्वजनिक गरेकी छन्। एजिला आम जनता पार्टीकी उपाध्यक्ष हुन् र केही समयअघि उनी पार्टी प्रवेश गरेकी थिइन्।

ऋषि धमला लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। उनले विभिन्न टेलिभिजन र अनलाइन मिडियामा काम गरेका छन्। हालै उनी राजनीतिक गतिविधिमा बढी सक्रिय देखिएका छन्।

आम जनता पार्टीले यस क्षेत्रमा उनलाई उम्मेदवार बनाएर मधेश प्रदेशमा आफ्नो प्रभाव बढाउने प्रयास गरेको देखिन्छ। रौतहट–४ मा यसअघि पनि विभिन्न दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने गरेको छ। धमलाको प्रवेशले यो क्षेत्रको चुनावी माहोल थप रोचक बन्ने देखिएको छ।

उम्मेदवारीको औपचारिक घोषणा भने पार्टीले चाँडै गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?