शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले दिए राजीनामा
3 दिन पहिले प्रकाशित
काठमाडौँ, माघ ६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले मन्त्री पदबाट राजीनामा दिनुभएको छ। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत यो जानकारी दिनुभएको हो।
अर्थमन्त्री खनालले फेसबुकमा लेख्नुभएको छ,
‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो।’
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिइसकेका छन्। यी तीनै मन्त्रीहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दै हुनुहुन्छ।
महाविर पुनले भने यसबारे औपचारिक रूपमा केही बताउनुभएको छैन। उहाँले राजीनामा दिएपछि आफ्नो व्यक्तिगत अभियान वा राजनीतिक गतिविधिमा केन्द्रित हुने अनुमान गरिएको छ।
यो राजीनामासँगै वर्तमान सरकारमा थप मन्त्रीहरूको राजीनामा हुने क्रम बढेको छ। निर्वाचन नजिकिँदै गर्दा मन्त्रीहरूले पद छोडेर चुनावी मैदानमा होमिने प्रवृत्ति देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments