नेपाली कांग्रेसमा उम्मेदवार छनोट अन्तिम चरणमा : सभापति गगन थापाको भिडियो सन्देश
15 घन्टा पहिले प्रकाशित
काठमाडौं , माघ ५ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेको बताएका छन्।
सभापति थापाले जारी गरेको भिडियो सन्देशमा समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित तथा न्यायपूर्ण निर्णय गर्ने पूर्ण प्रयास भइरहेको उल्लेख गर्दै आज दिनभरिमा उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिएका छन्।
उनले भनेका छन्,
‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ। भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ। यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’
सभापति थापाले पार्टीको आधिकारिक टिकट पाउने व्यक्तिलाई सबैले मनमा कुनै कुरा नराखी सहयोग गर्न पनि अनुरोध गरेका छन्। उनको यो सन्देशले पार्टीभित्र एकता र सहकार्यको सन्देश दिएको छ।
आज दिनभरिमा उम्मेदवारको अन्तिम सूची सार्वजनिक हुने अपेक्षा गरिएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले यो निर्णयलाई गम्भीरतापूर्वक लिएर निर्वाचन अभियानमा जुट्नुपर्ने देखिएको छ।
कमेन्ट गर्नुहोस्
view comments