माघे संक्रान्तिमा बालेनको शुभकामना : ‘विविधताबीचको एकता नै नेपाली समाजको शक्ति’
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, माघ १ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्व प्रकृति परिवर्तनको संकेत मात्र नभई नेपाली विविधताको संगम भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै उनले नेपालको बहुसांस्कृतिक एकतालाई जोड दिएका हुन्। चर्चित गीतको अंश ‘सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल, सब हो एउटै हामी नेपाली, एउटै हाम्रो देश नेपाल’ उद्धृत गर्दै उनले नेपालीपनको भावना प्रस्तुत गरेका छन्।
मेयर शाहले माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर संक्रान्ति, तिलुवा संक्रान्ति वा माघीका रूपमा मनाइने उल्लेख गरेका छन्। नेवार समुदायले ‘घ्यः चाकु संल्हू’, किरात समुदायले नयाँ वर्षका रूपमा ‘येले संवत्’ र थारू समुदायले आफ्नो प्रमुख पर्व माघी मनाउने स्मरण गराउँदै उनले चाडपर्व मनाउने नाम र शैली फरक भए पनि नेपालीको भावना एउटै रहेको बताए। विविधताबीचको एकता नै नेपाली समाजको शक्ति भएको उल्लेख गर्दै उनले नयाँ सुरुवात, एकता र समृद्धिको कामना गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments