नेपाली काँग्रेसको विशेष महाधिवेशन : गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, माघ १ गते । नेपाली काँग्रेसको विशेष महाधिवेशनले मध्यराति गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। भृकुटीमण्डपमा पुस २७ गतेदेखि ४ दिनसम्म चलेको महाधिवेशनले बुधबार सभापति थापासहितको सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले मध्यराति थापा नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गरेका हुन्। यसैगरी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन्। शर्मा यसअघि पार्टीको महामन्त्री थिए।
महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्। सहमहामन्त्रीमा डा. डिला संग्रौला पन्त, प्रकाश रसाइली स्नेही, बहादुरसिंह लामा, उदयशमशेर राणा, मुक्ताकुमारी यादव, फर्मुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा निर्वाचित भएका छन्।
**नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण सूची :**
- **सभापति** : गगनकुमार थापा
- **उपसभापति (२)** : विश्वप्रकाश शर्मा, पुष्पा भुसाल
- **महामन्त्री (२)** : प्रदीप पौडेल, गुरुराज घिमिरे
**केन्द्रीय सह–महामन्त्री :**
- महिला : डा. डिला संग्रौला पन्त
- दलित : प्रकाश रसाइली स्नेही
- आदिवासी जनजाति : बहादुरसिंह लामा
- खसआर्य : उदयशमशेर राणा
- मधेशी : मुक्ताकुमारी यादव
- मुस्लिम : फर्मुल्ला मन्सुर
- थारु : योगेन्द्र चौधरी
- पिछडिएको क्षेत्र : कर्णबहादुर बुढा
**केन्द्रीय सदस्य (खुल्ला) – ३५** :
गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदिप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाईं, डा. केदारनरसिंह के.सी., विदुर बस्नेत, तीर्थजंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट, राजेन्द्र गोपाल सिंह
**केन्द्रीय सदस्य (महिला खुल्ला) – ९** :
चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी, दिल कुमारी राई
**प्रदेशगत केन्द्रीय सदस्यहरू :**
- कोशी प्रदेश (महिला) : सारदा देवी कोइराला
- कोशी प्रदेश (खुल्ला) : हिमालय कर्माचार्य, अग्नि पौडेल
- मधेश प्रदेश (महिला) : मधु शाही
- मधेश प्रदेश (खुल्ला) : रामानन्द यादव, बजरंग नेपाली
- बागमती प्रदेश (महिला) : उमा दाहाल
- बागमती प्रदेश (खुल्ला) : जितनारायण श्रेष्ठ, रमेश धमाला
- गण्डकी प्रदेश (महिला) : विष्णुदेवी पाण्डे
- गण्डकी प्रदेश (खुल्ला) : रेशम बानिया, कृष्ण के.सी.
- लुम्बिनी प्रदेश (महिला) : पवित्रा कुमारी अर्याल
- लुम्बिनी प्रदेश (खुल्ला) : केशव आचार्य, रामबहादुर कार्की
- कर्णाली प्रदेश (महिला) : रामदेवी खड्का
- कर्णाली प्रदेश (खुल्ला) : दिक्पाल शाही, नारायण भट्टराई
- सुदूरपश्चिम प्रदेश (महिला) : निपा चोख्याल
- सुदूरपश्चिम प्रदेश (खुल्ला) : हिमबहादुर रावल, नरेन्द्र प्रसाद भट्ट
**अन्य आरक्षित पदहरू :**
- अपाङ्गता भएका (खुल्ला) : प्रकाश पन्थ
- अल्पसंख्यक (खुल्ला) : शिवनारायण सिङ्गनगाई
- दलित महिला : सिता मिजार, छायाँ सुनार, गंगा सुनार, लिला नेपाली
- दलित खुल्ला : मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य बि.क., दिनेश सुनार
- आदिवासी जनजाति महिला : सपनाराज भण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान, छीन्दुल्होमु शेर्पा
- आदिवासी जनजाति खुल्ला : तारामान गुरुङ, अस्टकुमार कबे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रेष्ठ, नरेन्द्र केरुङ, दिपन श्रेष्ठ
- खसआर्य महिला : उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का, सम्झना खत्री
- खसआर्य खुल्ला : विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल, कमल भुसाल
- मधेशी महिला : अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी, निलम साह
- मधेशी खुल्ला : रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव, रामरूप प्रसाद
- मुस्लिम महिला : सनम वेगम
- मुस्लिम खुल्ला : अब्दुल रज्जाक गद्दी, अब्दुल सत्तार
- थारु महिला : नवोदिता चौधरी, सुनिता राना
- थारु खुल्ला : सुरेन्द्र प्रसाद चौधरी, गोपाल दहित
- पिछडिएको क्षेत्र खुल्ला : दिपक जंग शाह
यो नयाँ कार्यसमितिले पार्टीको एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेष महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा र नेतृत्वको संकेत दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments