सीतामढ़ीमा मानवता लज्जित हुने घटना: अर्केस्ट्रा डान्सरमाथि बलात्कारपछि विवाहको बहानामा बहिनीज्वाइँको जिम्मा
2 दिन पहिले प्रकाशित
एजेन्सी, पुष २९ गते । बिहारको सीतामढ़ी जिल्लाबाट मानवता नै झकझक्याउने घटना सार्वजनिक भएको छ। सैदपुर थाना क्षेत्रकी एक अर्केस्ट्रा डान्सर युवतीले एक युवकले आफूलाई बलात्कार गरी विवाहको झुटो आश्वासन दिएपछि आफ्नै बहिनीज्वाइँमार्फत समेत यौन दुव्र्यवहार गराएको आरोप लगाएकी छन्। पीडिताको उजुरीका आधारमा प्रहरीले दुवै आरोपीविरुद्ध बलात्कारसम्बन्धी मुद्दा दर्ता गरेको छ।
पीडिताका अनुसार उनी २०२५ जुन २५ मा कमतौल थाना क्षेत्रको एक विवाह समारोहमा नाचगानका लागि गएकी थिइन्। सोही क्रममा सचिन नामका युवकले जबरजस्ती बलात्कार गरे। घटना सार्वजनिक गर्ने धम्की दिएपछि सचिनले विवाह गरी उनलाई घर ल्याए तर पछि बहिनीज्वाइँबाट पनि जबरजस्ती दुव्र्यवहार गराइयो। विरोध गर्दा घरबाट निकालिएको पीडिताको भनाइ छ। प्रहरीले एफआईआर दर्ता भइसकेको र आरोपीहरूलाई छिट्टै पक्राउ गरिने जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments