राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेलले कांग्रेसको समानुपातिक सूचीबाट नाम फिर्ता लिइन्
2 दिन पहिले प्रकाशित
काठमाडौँ, पुष २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्। कांग्रेसको समानुपातिक सूचीमा उनको नाम ६२औँ नम्बरमा समावेश भएपछि राष्ट्रपति पदसँग जोडेर आलोचना सुरु भएको थियो।
आलोचना बढेपछि पोखरेलले आफैं नाम फिर्ता लिएको पुष्टि गर्दै भनिन्, “मैले नाम फिर्ता लिएकी छु, अब पार्टीले त्यसअनुसार प्रक्रिया अघि बढाउनेछ।” उनको निर्णयसँगै कांग्रेसको समानुपातिक उम्मेदवार सूचीमा फेरबदल हुने भएको छ।
कमेन्ट गर्नुहोस्
view comments