बिहारमा शीतलहरको चरम प्रभाव, तापक्रम ४ डिग्रीसम्म झर्यो
2 महीना पहिले प्रकाशित
एजेन्सी, पुष २७ गते । बिहारमा यसपटकको जाडोले पुराना सबै रेकर्ड तोडेको छ। दिन–रात दुवै समयमा तापक्रम अत्यन्तै तल झरेको छ। धेरै जिल्लामा न्यूनतम तापक्रम ४ डिग्री सेल्सियससम्म पुगेको छ, जसका कारण जनजीवन निकै प्रभावित बनेको छ। सबैभन्दा चिसो रात गया जिल्लामा मापन गरिएको छ, जहाँ तापक्रम ४.२ डिग्री सेल्सियसमा झरेको छ। दक्षिण–पश्चिम बिहारका विभिन्न क्षेत्रमा तापक्रम १ देखि ३ डिग्रीसम्म घटेको मौसम विभागले जनाएको छ।
जाडोको असर रातमा मात्र होइन, दिनको समयमा पनि उस्तै देखिएको छ। वाल्मीकिनगरमा अधिकतम तापक्रम ११ डिग्री सेल्सियस मात्रै मापन गरिएको छ भने घना कुहिरोका कारण दृश्यता ४० मिटरमा सीमित भएको छ। पश्चिम चम्पारण, पूर्वी चम्पारण, गोपालगञ्ज, सिवान र सारणमा भीषण शीत दिवसको अवस्था रहेको छ। मौसम विभागका अनुसार १२ जनवरीदेखि १४ जनवरीसम्म पूरै बिहारमा कोल्ड डे र घना कुहिरोको ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ भने १५ जनवरीपछि केही राहत मिल्ने अनुमान गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments