अयोध्या राम मंदिर परिसरमा नमाज पढ्ने प्रयास : जम्मू-कश्मीरका ५५ वर्षीय अब्दुल अहद शेख हिरासतमा

4 दिन पहिले प्रकाशित

एजेन्सी, पुष २७ गते । अयोध्या स्थित राम मन्दिर परिसरमा शनिबार बिहान एउटा व्यक्ति सीता रसोई नजिक नमाज पढ्ने प्रयास गर्दा अफरातफरी मच्चियो। सुरक्षा बलले तुरुन्तै रोकेर हिरासतमा लिएका छन्। आरोपीको पहिचान जम्मू-कश्मीरको शोपियां जिल्लाका ५५ वर्षीय अब्दुल अहद शेखको रूपमा भएको छ। प्रारम्भिक जानकारीअनुसार उनी सामान्य दर्शनार्थीको रूपमा मन्दिर प्रवेश गरी दर्शन गरेपछि यो प्रयास गरेका थिए।

रोकिएपछि आरोपीले कथित रूपमा समुदाय विशेषसँग जोडिएका नारा लगाएपछि सुरक्षा एजेन्सीले गम्भीरतापूर्वक हिरासतमा लिएको छ। तलासीमा काजु र किशमिश बरामद भएको छ भने पूछताछमा उनले अजमेर जाने योजना बताएका छन्। प्रहरी र खुफिया एजेन्सीले उनको मंशा, सम्पर्क र कुनै साजिसको सम्भावनाबारे अनुसन्धान गरिरहेका छन्। परिवारले उनको मानसिक स्थिति ठीक नभएको दाबी गरेको छ। यसअघि पनि २०२५ मा यस्तै घटना भएको थियो। घटनापछि मन्दिर परिसरमा सुरक्षा अझ कडा पारिएको छ भने प्रशासन र ट्रस्टबाट आधिकारिक बयान आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?