नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु : ४७४३ प्रतिनिधिमध्ये १० प्रतिशत दर्ता
9 घन्टा पहिले प्रकाशित
काठमाडौं , पुष २७ गते । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। बिहान ८ बजेदेखि सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ता प्रक्रियामा ९ बजेसम्म करिब १० प्रतिशत अर्थात् झण्डै ४७० जना प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्।
सातवटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क राखेर दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ भने अहिले पनि लामो लाइन रहेको शिवाकोटीले बताए। ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता हुने अनुमान गरिएको छ। उद्घाटनअघि शक्ति प्रदर्शनका रूपमा काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निस्कने कार्यक्रम छ। ललितपुरको कुपण्डोल, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट बिहान ११ बजे जुलुस सुरु भई भृकुटीमण्डप प्रवेश गर्नेछ। मध्याह्न १२ बजे औपचारिक उद्घाटन सत्र सुरु हुने र आजै बन्दसत्र पनि प्रारम्भ हुने आयोजकले जनाएको छ। महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।
कमेन्ट गर्नुहोस्
view comments