पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस : राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
9 घन्टा पहिले प्रकाशित
काठमाडौं , पुष २७ गते । काठमाडौंमा आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारको पश्चिम गेट नजिकै रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ। कार्यक्रममा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो भने उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
हरेक वर्ष पुस २७ गते मनाइने यो दिवसमा उहाँहरूले पनि पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभयो। यसअघि एक सन्देशमा राष्ट्रपति पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपालको एकीकरणमा पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो। यो दिवसले राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्
view comments