इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको हृदयघातबाट निधन

9 घन्टा पहिले प्रकाशित

काठमाडौं , पुष २७ गते । प्रख्यात गायक प्रशान्त तामाङको हृदयघातका कारण आइतबार निधन भएको छ। निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै रातोपाटीसँग यो जानकारी पुष्टि गरेका हुन्। दिल्लीमा बसोबास गर्दै आएका तामाङको त्यहीँ निधन भएको बताइएको छ।

भारतीय मूलका नेपालीभाषी गायक प्रशान्त तामाङ भारतीय टेलिभिजन रियालिटी शो 'इन्डियन आइडल' को तेस्रो संस्करणका विजेता थिए। उनले नेपाली दर्शकमाझ लोकप्रियता कमाएका थिए भने केही नेपाली चलचित्रमा अभिनय गर्दै स्वर पनि दिएका थिए। उनको यो अकस्मात् निधनले नेपाली तथा भारतीय संगीत क्षेत्रमा शोकको छायाँ पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?