सिरहा–२ मा मधेसकेन्द्रित दलहरूको एकता : कौशलकुमार सिंह गठबन्धनको साझा उम्मेदवार बन्ने !

21 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष २५ गते । सिरहा क्षेत्र नं. २ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशलकुमार सिंहको नाम एकल सिफारिस भएको छ। उनी राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनको साझा उम्मेदवारको रूपमा मैदानमा उत्रने भएका छन्।

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका सिंह लामो समयदेखि मधेसकेन्द्रित मुद्दामा सक्रिय छन्। सफ्टवेयर इन्जिनियरिङमा स्नातक गरेका उनको राजनीतिक पृष्ठभूमि पारिवारिक विरासतसँग जोडिएको छ, जहाँ उनका पिता योगेन्द्र नारायण सिंहले मधेस आन्दोलनका नेता स्वर्गीय गजेन्द्र नारायण सिंहसँग लामो समय सहकार्य गरेका थिए। यो सिफारिसले मधेसकेन्द्रित दलहरूबीचको एकताले सिरहा–२ को निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने संकेत गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?