मुस्लिम युवकसँग विवाह गरेकी हिन्दू युवती एक सातामै घर फर्किइन्

22 घन्टा पहिले प्रकाशित

एजेन्सी, पुष २४ गते । मुस्लिम युवकसँग विवाह गरेकी एक हिन्दू युवती एक सातामै वैवाहिक सम्बन्ध तोडेर आफ्नै घर फर्किएकी छन्। बुधबार मुंगेर जिल्लास्थित आमाबुबाको घर पुगेकी युवतीलाई घर प्रवेशअघि स्थानीय मन्दिरमा हिन्दू विधिअनुसार वैदिक मन्त्रसहित ‘शुद्धीकरण’ गरिएको थियो। परिवारका सदस्यले मन्दिरमा हनुमान चालीसाको पाठसमेत गराएका छन्। जानकारीअनुसार युवती २९ डिसेम्बरमा नियाजुल नामका युवकसँग घरबाट निस्किएकी थिइन् र ३० डिसेम्बरमा विवाह गरेकी थिइन्। विवाहपछि उनले आफ्नै इच्छाले विवाह गरेको भन्दै भिडियोसमेत सार्वजनिक गरेकी थिइन्।

युवतीका बुबाले छोरी अपहरण गरिएको आरोप लगाउँदै सफियासराय थानामा मुद्दा दर्ता गराएका थिए। तर अनुसन्धानका क्रममा युवती स्वयं अदालतमा उपस्थित भई आफू स्वेच्छाले गएको तर अहिले अभिभावकसँगै बस्न चाहेको बयान दिएकी थिइन्। प्रहरीले मेडिकल जाँच र बयानपछि युवतीलाई परिवारको जिम्मा लगाएको जनाएको छ। युवती बालिग भएकाले र अपहरण अस्वीकार गरेकाले कसैलाई पक्राउ नगरिएको प्रहरीले स्पष्ट पारेको छ। छोरी घर फर्किएपछि परिवारले खुसी व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?